२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


भारतीय कम्पनीले झण्डै डुबायो इथियोपियालीलाई


0
Shares

इथियोपिया, असार १० । भारतको एक कम्पनीले इथियोपियाली नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको तथ्य प्रकाशमा आएको छ ।

एक मिलियनभन्दा बढी नागरिकमा एड्स रोग लागेका कारण सो रोगको रोकथाममा हरसम्भव प्रयास गरेको इथियोपियाले भारतीय कम्पनीसँग कन्डम खरिद सम्झौता गरेको थियो ।

भारतीय कम्पनीसँग दुई मिलियन डलर बराबरको कन्डम खरिद सम्झौता भएको थियो । तर भारतीय कम्पनीले सम्झौताअनुसार पठाएको कन्डमको प्रारम्भिक परीक्षण गर्दा ती कन्डम गुणस्तरीय नपाइएको इथियोपियाली अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार प्रारम्भिक परीक्षणका क्रममा कन्डम च्यातिएपछि इथियोपियाले ती कन्डम वितरण प्रक्रियामा नलैजाने भएको हो ।

इथियोपियाको फर्मास्युटिकल्स फन्ड एन्ड सप्लाइ एजेन्सीले भारतीय कम्पनीसँग क्षतिपूर्तिका लागि दाबी गरिने जनाएको छ ।

अधिकारीहरुका अनुसार ती कन्डम एड्सविरुद्धको विश्वकोषको अनुदानमा खरिद गरिएको हो । इथियोपिया एड्सको संक्रमणबाट आक्रान्त भएका कारण त्यहाँ यसको रोकथाममा अन्तर्राष्ट्रिय संघ–संस्थाले ठूलो सहयोग गर्दै आएका छन् ।

सोही क्रममा हालै भारतीय कम्पनीबाट खरिद गरिएको कन्डम गुणस्तरहीन पाइएपछि अन्तर्राष्ट्रिय स्तरमै भारतीय कम्पनीको नियतमाथि सवाल उठाउन थालिएको छ । कम्पनीको विश्वासकै आधारमा ती कन्डम परीक्षण विना नै वितरण गरिएको भए त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्नेतर्फ इथियोपियाली अधिकारीहरु झस्किएका छन् । (एजेन्सी)