१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु


0
Shares

चितवन, असार १० । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक महिलाको मृत्यु भएको छ ।

भरतपुरको गौरीगन्ज शिवालय चोकमा ना३ख ५४७४ नम्बरको ट्रकले ना२३प ७८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी सीता कँडेलको मृत्यु भएको हो ।

दुर्घटनामा सीताका श्रीमान् मोटरसाइकल चालक तुलसीराम कँडेल गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।