
काठमाडौं, असार १० । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले राहत अनुदान वितरणको कामलाई तिव्रता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्देशक समितिको बैठकले अनुदान वितरणको कामलाई तिव्रता दिने निर्णय गरेको हो ।
बैठकले लगत छुटेकालाई समावेश गर्न पुनः सर्वेक्षण गर्ने र स्थानीय तहको गुनासा सुन्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने प्राधिकरणमा राजनीतिकरण भएको र सरकारले पुनर्निर्माणको कामलाई प्राथमिकता नदिएको आरोप लगाए । उनले प्राधिकरणमा राजनीतिकरण रोक्न आफूले माग गरेको बताए ।
भूकम्प प्रभावितको पुनर्स्थापनाका लागि गठित पुनर्निर्माण प्राधिकरण ऐन कार्यान्वयनमा आएयता पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बसेको हो । बैठक साँझ ५ बजे पुनः बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्