
सिरहा, असार १० । दाउरा छान्न गएका बेला बलान नदीमा आएको बाढीमा बगेका तीन जनालाई प्रहरीले आज बिहान उद्धार गरेको छ ।
लहान नगरपालिका–४ का २२ वर्षीय मो. कलाम, सोही ठाउँका ४५ वर्षीय वैद्यनाध पासवान र २५ वर्षीय प्रवेश रामलाई नदीबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले जानकारी दिए ।
उद्धार गरिएका तीनै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ ।
उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य छ । नदीमा दाउरा छान्न गएका बेला अचानक आएको बाढीमा बगेको देखेपछि प्रहरीको टोली पुगेर उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्