३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो


0
Shares

काठमाडौं, असार १० । सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बृद्धि भएको छ । यूरोपियन युनियनबाट बेलायत बाहिरिएपछि सुनको मूल्यमा एकैचोटी ३ हजार रुपैयाँले बृद्धि भएको हो ।

बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँ पुगेको छ । युरोपियन युनिएनबाट बेलायत अलगिएपछि सुनमा मात्रै नभई यसले कच्चा तेल तथा विविध कुरामा असर पार्ने सक्ने अनुमान गरिएको छ ।