
धादिङ, वैशाख १८ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको गल्छी गाउँपालिका–४, बेल्खु खोलामा बुधबार सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ का कविकुमार महर्जन र राजु महर्जन रहेका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकलले ना६ख ५६१४ नम्बरको ट्रकलाई ‘ओभरटेक’ गर्नेक्रममा काठमाडौंबाट चितवन जाँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो ।
माइक्रोसँग ठोक्किएर सडकमा पल्टिएको मोटरसाइकललाई ट्रकले किच्दा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
माइक्रोबस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्