
प्रकाश लम्साल (इमेज)
बारा, असार १० । जिल्ला प्रशासन कार्यालय जिल्लाका सम्पूर्ण सरकारी कार्यालयको अनगुमन, नियमन र संयोजन गर्ने निकाय हो ।
जिल्ला प्रशासन कार्यालय व्यवस्थित र अनुकरणीय भएमात्र जिल्लाका अन्य कार्यालयलाई पनि सोहीअनुरुपका बनाउन सकिने मान्यता रहँदै आएको छ ।
तर, बारा जिल्ला प्रशासन कार्यालय भने अव्यवस्थाको नमुना नै बनेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको अस्तव्यस्त प्रवृत्तिका कारण सेवाग्राही मर्कामा परेका छन् । कार्यालयले सहज सेवा दिन नसकेपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
जिल्ला प्रशासन कार्यालयले दिनुपर्ने सेवा–सुविधा समयमै उपलब्ध नगराउँदा सामान्य कामका लागि २÷३ दिन धाउनुपर्ने बाध्यता छ ।
कुल दरबन्दीको एक तिहाइ कर्मचारीहरु पनि समयमै उपस्थिति नहुने, कार्यालय पुगेका कर्मचारीलेसमेत सेवा प्रवाह नगर्ने र उल्टै हप्काउने गरेको सेवाग्राहीको गुनासो छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्