
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, असार १० । उच्च माध्यमिक शिक्षा परिषदले वितरण गर्दै आएको छात्रबृत्ति विद्यार्थी आफैं चनाखो नहुँदा वर्षेनि खेरजाने गरेको छ ।
परिषदले वर्षेनि ८ हजार विद्यार्थीलाई विभिन्न नाममा छात्रबृत्ति दिने व्यवस्था गरेको छ ।
तर, निर्धारित् संख्याका विद्यार्थीले कहिले पनि छात्रबृत्ति लिने नगरेको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
परिषदले वर्षेनि ८ हजार विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्राबृत्ति दिने व्यवस्था गरेको छ ।
तर, अधिकांश विद्यार्थी सहरी क्षेत्रमामात्र पढ्न खोज्ने प्रवृत्तिका कारण गाम्रीण क्षेत्रका उच्चमाविमा गएको छात्रबृत्ति खेरजाने गरेको हो ।
विद्यार्थीले पाउने सुविधा भनेको विद्यार्थी छात्राबृत्ति बैंक हो । यो सुविधा उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ मा पढ्नेलाई प्रदान गर्छ ।
विद्यार्थी छनोटका लागि फाराम भराउने, परीक्षा सन्चालन गरी उत्कृष्ट विद्यार्थी छनोटसमेत परिषदले नै गर्छ । यस्तो छात्रबृत्ति विज्ञान र व्यवस्थापन संकाय पढ्ने विद्यार्थीलेमात्र पाउँछन् ।
उच्च माध्यमिक शिक्षा परिषदले सामुदायिक र निजी विद्यालयबाट एसएलसीमा २ जीपीए ल्याएकालेमात्र पाउने व्यवस्था गरेको छ । यो छात्रबृत्ति ३ प्रतिशत विद्यार्थीलाई दिने गरिएको छ ।
सामुदायिक विद्यालयका ४० विद्यार्थीमध्ये एकजनाले छात्रबृत्ति पाउने व्यवस्था छ ।
उच्च माध्यमिक शिक्षा परिषद र निजी उच्च माध्यामिक विद्यालयको संगठन (हिसान)को संयुक्त सहयोगमा प्रत्येक निजी विद्यालयमा प्लस टु पढ्ने २ प्रतिशतलाई छात्रबृत्ति दिने व्यवस्था छ ।
दुर्गम जिल्लामा सबैभन्दा धेरै नम्बर ल्याएर एसएलसी पास गरेकालाई उच्चशिक्षा पढ्न आवासीय व्यवस्थासहितको छात्रृत्तिको व्यवस्था गरिएको छ ।
यस्तै, विशेष छात्राबृत्तिअन्तर्गत् शारीरिकरुपमा अशक्त विद्यार्थीलाई दिने व्यवस्था छ ।
त्यस्तै, भूकम्पप्रभावित विद्यार्थीको परिचयपत्रका आधारमा पनि छात्रबृत्ति दिने व्यवस्था सुरु गरिएको छ । १ सय ४४ विद्यार्थीले यस्तो छात्रबृत्ति प्राप्त गरिसकेका छन् ।
तर, भूकम्पप्रभावित विद्यार्थी हुन कि हैनन् भनी अनुसन्धान नै नगरी छात्रबृत्ति वितरण भएको भन्दै तत्काल त्यस्तो छात्रबृत्ति दिने व्यवस्थामा रोक लगाइएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्