१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


बाढीमा बगेका तीनजनालाई प्रहरीले गर्‍यो उद्धार


0
Shares

सिरहा, असार १० । सिरहामा दाउरा छान्न गएका बेला बलान नदीमा आएको बाढीमा बगेका तीनजनालाई प्रहरीले शुक्रबार बिहान उद्धार गरेको छ ।

लहान नगरपालिका–४ का २२ वर्षीय मो कलाम, सोही ठाउँका ४५ वर्षीय वैद्यनाध पासवान र २५ वर्षीय प्रवेश रामलाई नदीबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले जानकारी दिए ।

उद्धार गरिएका तीनैजनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । उद्धार गरिएका तीनैजनाको अवस्था सामान्य छ ।

नदीमा दाउरा छान्न गएका बेला अचानक आएको बाढीमा बगेको देखेपछि प्रहरीको टोली पुगेर उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । रासस