२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मंसिरमा स्थानीय निर्वाचन गराउन सम्भव : उपप्रम थापा


0
Shares

पोखरा, असार १० । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको बताएका छन् ।

राप्रपा नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले स्थानीय निकाय पुनःसंरचना आयोगले भदौभित्रै प्रतिवेदन दिने भएकाले मंसिरमा निर्वाचन गराउन सम्भव हुने बताए ।

बहुदलीय प्रजातन्त्र आगमनपछिका २५ वर्षमा २३ ओटा सरकार बनेको भन्दै उनले ‘एक–एक वर्षमा प्रधानमन्त्री फेर्दै जाने हो भने नेपालकोबारेमा विश्वमा कस्तो सन्देश जान्छ ?’ भन्ने प्रश्नसमेत गरे ।