१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


गृहमन्त्रीद्धारा रामपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन


0
Shares

पाल्पा, असार १० । गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका छन् ।

रामपुर नगरपालिकासहित पूर्वी पाल्पाका बासिन्दालाई सुविधा पुर्‍याउने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।

जसबाट पाल्पा क्षेत्र नम्बर–१ अन्तर्गतका २२ गाविसका बासिन्दालाई नागरिकता, मालपोतलगायतका कामका लागि तानसेन धाउनु नपर्ने भएको छ ।