
कपिलदेव खनाल (इमेज)
नुवाकोट, असार १० । अफगानिस्तानको काबुलमा गराइएको विस्फोटमा परी मारिएका नुवाकोटका च्याङ्वा तामाङको शव शुक्रबार आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।
शुक्रबारै इस्लामावादबाट काठमाडौं आइपुगेको शव परिवारले नुवाकोट लगी त्रिशूलीमा अन्तिम संस्कार गरेका हुन् ।
काबुलामा भएको आतंककारी हमलामा परी गम्भीर घाइते भएका ५२ वर्षीय च्याङ्वाको उपचारकाक्रममा गत बुधबार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्