१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


सेनाले बनाइदियो भूकम्पपीडितलाई सामूहिक आवास (भिडियो)


0
Shares

सिन्धुली, असार १० । नेपाली सेनाले सिन्धुलीमा भूकम्पपीडितहरुलाई बनाएको सामूहिक आवास शुक्रबार हस्तान्तरण गरिएको छ ।

सुरक्षित बासको व्यवस्था मिलाउने उदेश्यले नेपाली सेनाले निर्माण गरेको सामूहिक आवास भवनको शुक्रबार एक समारोहबीच जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ९० लाख रुपैयाँको आर्थिक सहयोगमा सिन्धुलीस्थित नेपाली सेनाको चण्डीदल गणले सिन्धुलीको ढुंग्रेबास, बाशेश्वर र बितिजोर गाउँ विकास समितिमा ६ ओटा भूकम्पप्रतिरोधी भवन निर्माण गरेको हो ।

यी भवनमा ४८ घर–परिवार बस्न मिल्ने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्