
काठमाडौं, असार १० । सहरदेखि गाउँसम्म जङ्कफुडको मोहमा बृद्धि भएसँगै स्थानीयस्तरमा उत्पादित पौष्टिक तत्वयुक्त खानाको महत्वमा कमी हुँदै आएको छ ।
स्थानीयस्तरमा पाइने पोषणयुक्तको खानाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषकका लागि खाने बानीमा सुधार गरौं’ भन्ने सन्देशसहित राजधानी काठमाडौंमा दुईदिने खाद्यमेला शुक्रबारदेखि सुरु भएको हो ।
भृकुटीमन्डपमा शनिबारसम्म हुने मेलामा नेपालका पूर्वदेखि पश्चिमसम्म पाइने परम्परागत नेपाली खानाका स्टल राखिएका छन् ।
स्टलमा गहुँ, जौ, उवा स्थानीयस्तरमा निर्मित अचार, फलफूललगायतका विभिन्न पौष्टिक तत्वयुक्त वस्तु प्रदर्शनीमा राखिएका छन् ।
नेपालमा अझैपनि ३७ प्रतिशत बालबालिका कुपोषणको शिकार हुँदै आएको तथ्यांक छ । कति व्यक्तिमा अधिक पोषकले मोटोपनाको समस्या पनि देखिने गरेको छ ।
यस्तो हुनुको कारण खानेकुरा खान नजान्दाको परिणाम भएको विज्ञहरु बताउँछन् ।
विज्ञहरुले नेपालीमा खाने बानीमा पनि सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्