२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


नेपाल कम्युनिस्ट पार्टीको नियमावली पारित


0
Shares

काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नियमावली पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै पार्टी संचालनका लागि सहज हुने भएको छ । 

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिइएको र अब प्रकाशनमा पठाउने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने जानकारी दिए ।

पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।