Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पाथिभरा क्षेत्रको वनमा अवैधरुपमा घर निर्माण गर्ने पक्राउ


0
Shares

ताप्लेजुङ, असार ११ । ताप्लेजुङको पाथिभरा क्षेत्रको सामुदायिक वनमा अवैधरुपमा घर निर्माण गरिरहेका दुई जनालाई जिल्ला वन कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ ।

गत बिहीबार ईमेजखबर डटकममा सामुदायिक वन अतिक्रमण गरी घर निर्माण भइरहेको भन्ने समाचार पोष्ट भएपछि जिल्ला वन कार्यालयबाट गएको टोलीले उनीहरुलाई घर बनाइरहेको स्थानबाट नै पक्राउ गरेको जिल्ला वन कार्यालय ताप्लेजुङका प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।

पाथिभरा क्षेत्रमा पर्ने मयाम पाताल सामुदायिक वनभित्र अवैधानिक रुपमा घर निर्माण गरिरहेका फुरुम्बु–२ मयामका घरधनी विकास लेछर्बो र घर बनाउने मिस्त्री तुलसी निरौलालाई पक्राउ गरिएको हो ।