२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने


0
Shares

काठमाडौं, असार ११ । अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो ।

समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ ।

अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरिक फ्यानिङ सैन्य सचिवमा नियुक्त भएपछि यस्तो निर्णय आएको बताइएको छ ।

समलिंगी अधिकारका लागि काम गर्नेहरुले सरकारी निर्णयको स्वागत् गरेका छन् ।

अमेरिकी सेनामा १५ हजार समलिंगी रहेको अनुमान छ । (एजेन्सी)