२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सबै दल मिलेर गम्भीरतापूर्वक संविधान कार्यान्वयन गर्नोस् : पूर्वराष्ट्रपति यादव


0
Shares

काठमाडौं, असार ११ । पूर्वराष्ट्रपति डा. रामवगरण यादवले लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानले मुलुकको विकास र समृद्धिको बाटो खोलेको बताएका छन् ।

तारकेश्वर न्यूज डटकमले शनिबार राजधानीमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले संविधानले सबै नेपालीको भावनालाई समेटेको भन्दै अब सबै दल मिलेर गम्भीरतापूर्वक संविधान कार्यान्वयन गर्न आग्रह गरे ।

पूर्वराष्ट्रपति डा. यादवले मुलुकमा गुणस्तरीय र व्यवहारिक शिक्षाको अभाव रहेको भन्दै विवेकशील नागरिक उत्पादनका लागि गुणस्तरीय शिक्षातर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रवेशिका परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको थियो ।