
काठमाडौं, असार ११ । सन्चारमन्त्री शेरधन राईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकार बाधक नबन्ने बताएका छन् ।
शनिबार राजधानीमा भएको साक्षात्कारमा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वबारे हुने सहमति पनि आफूहरुलाई मान्य हुने बताए ।
मन्त्री राईले सरकार फेरबदल गर्न आधार चाहिने भन्दै संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र निर्वाचनका लागि सबै पार्टीहरु एकठाउँमा उभिनुपर्ने पनि बताए ।
राष्ट्रिय समस्या समाधान गरेर चुनाव गर्नुपर्ने बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वको सरकारले बनाएको कार्यविधिअनुसार भएको कामको विरोध गरेर संसद अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्