
महोत्तरी, सिन्धुपाल्चोक, असार ११ । महोत्तरीको भरतपुरमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
शनिबार पानी चलाउने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागेर भरतपुर–९ का १८ वर्षीय महेशकुमार कुशवाहाको मृत्यु भएको हो ।
शनिबार दिउँसो आफ्नै घरको पानी तान्ने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कुशवाहाको उपचारका लागि लालगढ लैजानेक्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
शव परीक्षणका लागि तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
करेन्ट लागेर महिलाको मृत्यु
सिन्धुपाल्चोकको सीपापोखरे गाविसमा करेन्ट लागेर शनिबार अपराह्न एक महिलाको मृत्यु भएको छ ।
बारीमा मकै गोडिरहेका अवस्थामा हाइटेन्सन लाइनको तार एक्कासि चुँडेर करेन्ट लाग्दा सीपापोखरे गाविस–१ बाहुनटारकी ६० वर्षीया फत्तकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।
विद्युत् करेन्टका कारण जिल्लामा विगत पाँच वर्षयता धेरैले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्