
काठमाडौं, असार ११ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिले सरकार परिवर्तनभन्दा पनि शान्ति–सम्झौतासँग जोडिएका मुद्दा सम्बोधनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए ।
उनले वर्तमान सरकार परिवर्तनमात्रै नभइ शान्ति–सम्झौता, संविधान कार्यान्वयन, निर्वाचनलगायतका विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
शनिबार राजधानीमा भएको कार्यक्रममा नेता गुरुङले आन्दोलनरत् दलहरुसँग वार्ता गरी निकास खोज्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्