
धनकुटा, असार ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरुले हिन्दुत्व जागरण अभियान सन्चालन गर्नु गलत नभएको दाबी गरेका छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका उनले संविधानको सीमाभित्रै रहेर अभियान थालिएको पनि बताए ।
शनिबार धनकुटामा हिन्दुत्व जागरण अभियानलाई सम्बोधन गर्दै थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा बढ्दै गएकाले अभियान नै सन्चालन गर्नुपरेको बताए ।
संविधान कार्यान्वयनका लागि सरकारलाई सबै दलको सहयोग आवश्यक हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्