
धादिङ, असार ११ । दक्षिणी धादिङको महादेवस्थान गाविसका चेपाङ समुदायलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले चेपाङ समुदायलाई गाउँमै पुगेर नागरिकता वितरण गरेको हो ।
शिविरमा यसअघि मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुको नाम पनि दर्ता गरिएको थियो । यस्तै, अपांगता भएकाहरुलाई परिचयपत्र वितरण गरिएको थियो ।
शिविरमा ३ सय २० जना चेपाङहरुले नागरिकता लिएका थिए । शिविरमा महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्