३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


धितोपत्र बजारमा पैसा ओइरिँदै


0
Shares

काठमाडौं, असार ११ । धितोपत्र बजारमा यो साता पनि उच्च परिमाणमा कारोबार भयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरुको सात अर्ब ८२ करोड २९ लाख रुपैयाँ बराबरका एक करोड १० लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ४९ कम्पनीहरुको ९ अर्ब ३० करोड ७२ लाख रुपैयाँ बराबरका एक करोड ५२ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब १६ प्रतिशतले कम हो ।

यो साता नेप्से पहिलो दिनको तुलनामा ४४ अंकले बढेर अन्तिम दिन १६ सय ६६ अंकमा पुग्यो ।

यो साता अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । बीमा समूह ३ सय १९ अंकले बढ्यो ।

यस्तै, जलविद्युत समूह १ सय ८६ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि ४३ अंकको सुधार भयो । व्यापार समूह भने स्थिर रह््यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधामार नेपाल बंगलादेश बैंकलाई नेसनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर कम्पनी, नेको इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।