
रविन भट्टराई (इमेज)
ताप्लेजुङ, असार ११ । लघु घरेलु तथा साना उद्यमीहरुको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले ताप्लेजुङमा एकदिने नमुना औद्योगिक प्रदर्शनी आयोजना गरिएको छ ।
शनिबार सदरमुकामस्थित तोक्मेडाँडामा आयोजना गरिएको प्रदर्शनीमा अल्लो, ढाका र खाँडीका कपडा, बाँसका सामान, राडिपाखी, गलैचा, छालाका जुत्तालगायतका वस्तुहरुको ५० ओटा स्टल राखिएका थिए ।
प्रदर्शनीमा उत्कृष्ट उत्पादनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शनीमा पठाइने घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका प्रमुख नवीनकुमार पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्