
काठमाडौं, असार ११ । अनलाइन सपिङ सेवा दिँदै आएको नेप्बे डटकमले नेपाली इ–कमर्स क्षेत्रमा नयाँ प्रविधि भित्र्याएको जनाएको छ ।
कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन नयाँ वेबसाइट सार्वजनिक गर्दै प्रविधि, व्यापार र पर्यटन क्षेत्रमा लक्षित रहेको जनाएको छ ।
स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्याउन सहयोग गर्ने गरी प्रविधि भित्र्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले फेसबुकसँगको सहकार्यमा स्वदेशी वस्तुको प्रबद्र्धन गर्ने र आगामी पाँच वर्षभित्र १ लाखजनालाई रोजगारी सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत राजाराम नेपालले बताए ।
यसले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आफ्नै व्यवसाय सुरुआत गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्