
काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । आज दिउँसो १२ देखि ३ बजेजसम्म ऋणपत्र बिक्री खुल्ला गरिएको राष्ट्र बैंकले जनाएको छ ।
२०७४ असार १२ गते एक वर्षसम्मका लागि ऋणपत्र जारी गरिएको हो । बोलकबोल माध्यमबाट निर्धारण हुने ब्याजदर हरेक ६÷६ महिनामा भुक्तानी दिइने छ । बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने छन् ।
अनलाइनबाट पनि आवेदन दिन सकिने ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने छन् । बैंकले कम्तिमा १ करोडको ऋणपत्र आह्वान गरेको हो ।
बैंकिङ क्षेत्रमा भएको अधिक तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले ऋणपत्र जारी गर्दै आएको छ । यसरी उठाएको पैसा विकासमा खर्च गर्ने उद्देश्यले राष्ट्र बैंकले ऋणपत्र जारी गरी आन्तरिक ऋण उठाउँदै आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्