Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुदूरपश्चिम प्रदेशमा जातीय विभेदका घटनामा कमि आएन


0
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा जातीय विभेदका घटनामा अझै पनि कमि आउन सकेको छैन ।

छुवाछुत र जातीय विभेदलाई कानुनी रुपमा दण्डनीय बनाइए पनि सुदूरपश्चिम प्रदेशको डडेल्धुरा लगायत नौ वटै जिल्लाहरुमा जातिय विभेदमा कमि नआएको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

पछिल्ला केही वर्ष यता सार्वजनिक स्थानहरुमा छुवाछुतको व्यवहारमा परिवर्तनका केही संकेत देखिए पनि सामाजिक रुपमा अदृश्य रहेको सरोकारवालाहरुको भनाइ छ । 

राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदविरुद्धको अधिकार विषयमा आयोजना गरेको एक  कार्यक्रममा गाउँको परिवेश जस्ताको तस्तै रहेको सहभागीहरुले बताए ।