
ताप्लेजुङ, असार १२ । अत्याधिक पानी परेकाले ताप्लेजुङमा कृषकले लगाएको लाखौं मूल्य बराबरको गोलभेडा बोटमै कुहिएर नष्ट हुन थालेका छन् ।
ताप्लेजुङ नगरपालिकासहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्देवालगायतका दर्जनौं स्थानमा लगाईएको गोलभेडा निरन्तर पानी पर्दा कुहिन थालेको हो ।
अधिक वर्षाका कारण गोलभेडाको बोटसमेत कुहिन थालेको छ ।
कृषकले बिमा नगरेकाले नष्ट भएको गोलभेडाको क्षतिपूर्ति दिन नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस क्षेत्रका कृषकले उत्पादन गरेको गोलभेडाले जिल्लाको ५० प्रतिशत माग धान्दै आएको छ ।
गोलभेडा एकै सातामा कुहिएर नष्ट भएपछि गोलभेडाको भाउ बढ्ने कृषकहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्