४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


शेयर बजारमा बुलिस ट्रेण्ड कायमै, १८ अंक बढीले उकालो लाग्यो


0
Shares

काठमाडौं, असार १२ । आइतबार पनि शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रह्यो ।

नेप्से २० अंक बराबरले उकालो लागेर १७ सय नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक १८ अंक बढीले उकालो लागेर १६८५ पुगेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्त समूहमा सुधार आएसँगै अरु समूह ऋणात्मक रहँदा पनि नेप्से उल्लेख्य दरले उकालो लाग्न पुगेको हो । वाणिज्य बैंक समूह सबैभन्दा उच्च ३३ अंकले उकालो लाग्यो ।

विकास बैंक समूह पनि ९ अंक बराबरले बढ्यो । उत्पादनमूलक, बीमा, होटल र जलविद्युत समूह भने ओरालो लागे । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ३६ अंक र बीमा समूहमा ३० अंकको कमी आयो । अन्य समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १३५ कम्पनीको ६४ लाख बराबर कित्ता शेयर १ अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।