
काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र आह्वान गरेकामा दोब्बर बढी आवेदन परेको छ ।
आइतबार जारी गरिएको ऋणपत्रमा २३ अर्ब २ करोड रुपैयाँ बराबरको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।
२०७४ असार १२ गतेसम्म एक वर्षसम्मका लागि जारी गरिएको ऋणपत्रको ब्याजदर शून्य दशमलब ९ प्रतिशत कायम गरिएको छ । ऋणपत्रमा बोलकबोल गर्ने १५ वटा बैंक तथा वित्तीय संस्थामध्ये १४ वटा वाणिज्य बैंक र एउटा विकास बैंक छन् ।
जम्मा १४७ वटा बोलकबोल परेको थियो । बोलकबोल माध्यमबाट निर्धारण भएको व्याजदर हरेक ६/६ महिनामा भुक्तानी दिइने छ ।
बैंक तथा वित्तीय संस्थामा संरचनात्मक प्रकारको तरलता भएको हुनाले केन्द्रीय बैंकले विभिन्न समयमा उक्त तरलता प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकले गत जेठ १६ गते पनि १० अर्ब रुपैयाँको ऋणपत्र उठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्