
काठमाडौं, असार १२ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक किन्ने भएको छ ।
सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैैंकलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको हो । प्राप्ति गर्ने सम्बन्धी कार्य पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सेञ्चुरी बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म सेञ्चुरी बैंकको कुल पूँजी २ अर्ब ८४ करोड छ भने ८५ करोडको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको कुल पूँजी २९ करोड ५ लाख रहेको छ ।
सेञ्चुरी बैंकको १०० कित्ता शेयर बराबर इन्नोभेटिभको ७६ कित्ता शेयर अनुपात कायम गर्ने समझदारी दुई संस्थाबीच भईसकेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्