१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


उपत्यकामा राँगाभैंसी आयातमा रोक लगाउने तयारी


0
Shares

काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिकाको आग्रसरतामा उपत्यकाका उपमहानगरपालिका, नगरपालिका र गाविसको सहभागितामा बढ्दै गएको प्रदुषण घटाउन र स्वस्थ्य तथा गुणस्तरीय मासु उपलब्ध गराउन उपत्यकामा राँगाभैंसी ल्याउन प्रतिबन्ध लगाउने भएको छ ।

तीनवर्षे योजना बनाएर जीवित राँगाभैंसीको साटो प्रशोधित मासु भित्र्याउने तयारी गरेको हो ।

राँगाभैंसीको हाड तथा लादीबाट हुने फोहर र दुर्गन्धले प्रदुषण बढाएको तथा उपत्यकामा व्यवस्थित वधशाला नहुँदा सर्वसाधारणले स्वस्थ्य तथा गुणस्तरीय मासु उपभोग गर्न नपाएकाले जिउँदा राँगाभैंसी उपत्यका भित्र्याउन प्रतिबन्ध लगाइने महानगरले जनाएको छ ।

महानगरका अनुसार उपत्यका बाहिर नै वधशाला स्थापना गरी तयारी मासु भित्र्याइने छ । –नागरिक दैनिकबाट