Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


स्पेनमा सम्पन्न चुनावमा कामचलाउ प्रधानमन्त्रीको पार्टी विजयी


0
Shares

काठमाडौं, असार १३ । स्पेनमा सम्पन्न आमचुनावमा कामचलाउ प्रधानमन्त्री मारियानो राजोएको कन्जर्भेटिभ पार्टीले बढी सीट जितेको छ ।

तर ९७ प्रतिशत मतगणना भइसकेपछि पनि कन्जर्भेटिभले बहुमत ल्याउन भने नसक्ने देखिएको छ । ३ सय ५० सीटको संसदमा सोसलिष्ट पार्टी भने दोस्रो स्थानमा छ ।

गत डिसेम्बरको चुनाव अनिर्णित भएपछि पछिल्लो चुनाव भएको थियो । डिसेम्बरको चुनावमा कुनै पनि पार्टीले सरकार गठन गर्न असफल भएका थिए ।

ब्रिटेन यूरोपियन यूनियनबाट जनमत संग्रहमार्फत बाहिरिने निर्णय आएपछि स्पेनमा आमचुनाव भएको हो । (एजेन्सी)