
पर्वत, असार १३ । असार ‘मानो रोपेर मुरी उब्जाउने’ समय । असारको सुरुवातदेखि नै वर्षात भएकाले देशैभर धान रोप्ने चटारोले सबैलाई छपक्कै छोपेको छ ।
यस्तै चटारोमा छन्, पर्वतका कृषकमा । जताततै धान रोपाईको ब्यस्तता बढेको छ । असारको दोस्रो सातासम्म पर्वतमा करिब २० प्रतिशत रोपाई भएको छ ।
गत वर्षभन्दा यस वर्ष वर्षा छिटै भएकाले रोपाई छिटो भएको हो । जिल्लाका सबैजसो क्षेत्रमा रोपाई सुरु भैसकेको छ । जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
जिल्लामा धेरैजसोले जर्नेली जातको धान रोप्ने गरेका छन् । गत वर्ष मनसुन ढिला हुँदा साउनको अत्यमा मात्र रोपाई सकिएको थियो ।
यस वर्ष भने रोपाई असारमै सकिने भन्दै कृषक खुशी भएका छन् । जिल्ला कृषि विकास कार्यालयले असार १५ गते रोपाई महोत्सवसमेत आयोजना गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्