१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


धनकुटाको एउटा गाउँ, जहाँ २० बर्षदेखि निरन्तर खसिरहेको छ पहिरो (भिडियो)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, असार १३ । धनकुटामा बाढी र पहिरोको जोखिम बढ्दा खोला किनार छेउका बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् । पानी पर्ने क्रममा वृद्धि भएसँगै खोला किनाराका बस्तीमा जोखिम पनि बढ्दै गएको छ ।

धनकुटाको महाभारत गाउं विकास समिति वडा नम्वर २ डडुवाका करिव दुई दर्जन घर परिवारलाई बर्खा लागे संगै तनाव समेत बढेको छ । बर्खा सुरु भए संगै उनिहरु नत दिनमा ढुक्कले काम गर्न पाएका छन् नत रातमा निदाउन नै सकेका छन् ।

यसको कारण हो गर्जुवा खोलाको शिरमा विगत २० वर्षदेखि निरन्तर रुपमा खसिरहेको पहिरो । चुरे पर्वत श्रृखंलामा पर्ने डडुवामा बर्षेनी झर्ने पहिरोका कारण स्थानीय त्रसित बनेका हुन् ।

पहिरोकै डरका कारण आसपासका तीन परिवार वसाई समेत सरिसकेका छन् । अन्य बाँकी परिवार बसाई सर्ने कुनै उपाय नै नभएका कारण बाध्य भएर त्रासै त्रासका बीच सोहि स्थानमा बस्नु परेको बताउंछन् ।

२०४६ सालवाट गर्जुवा खोलामा पहिरो जान थालेको हो । इस्टन रिजनल रोड मेन्टिनेन्स (इरोम) ले करिव दुई दशक अघि गर्जुवा खोलाको पहिरो रोक्न जोखिम स्थल आसपास वृक्षारोपण र खोलाको दुई किनारमा तारजाली सहित ढुंगााको वाल लगाएको थियो ।

इरोम प्रोजेट रहँदासम्म केही मात्रामा पोहिरो नियन्त्रणमा आए पनि प्रोजेट सकिए संगै सो क्षेत्रमा पहिरोको जोखिम समेत बढेको हो ।

जोखिम गर्जुवाखोलाको शिरमा मात्रै होईन, पुछारमा पनि उत्तिकै छ । पुछारमा कोशी राजमार्गको पुल सहित एक दर्जन भन्दा वढी घरहरु रहेका छन् । खोलाले कालो लेदो माटो सहित गिटी वालुवा र ढुङ्गा नै बगाएर ल्याई बस्तीमा छिर्ने गरेकाले पानी परेको बेला घरै छोडेर भाग्नुपर्ने उनिहरुको बाध्यता छ ।