३० असार २०८२, सोमबार | Mon Jul 14 2025


जापानमा नयाँ सम्राट नारुहितोले गद्दी सम्हाले(तस्वीरसहित)


0
Shares

काठमाडौं । जापानले नयाँ सम्राट पाएको छ । युवराज नारुहितोले आजदेखि औपचारिक रुपमा गद्दी सम्हालेसँगै जापानले नयाँ सम्राट पाएको हो ।

नारुहितो जापानको १२६ औं सम्राट बनेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ बर्षको उमेरमा जापानको युवराज बनेका थिए । 

उनका पिता अकिहितोले हिजो स्वइच्छाले गद्दी त्याग गरेको घोषणा गरेका थिए ।

जापानको २ सय वर्षको इतिहासमा उनी जिवित छंदै गद्दी त्याग गर्ने पहिलो सम्राट बनेका छन् ।

जापानमा सम्राटले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ ।

तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए ।

सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् ।

सम्राट अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले हालै कानुनी स्वीकृति पाएको थियो ।

राष्ट्र प्रमुखको भूमिका रहेको जापानमा सम्राटको कुनै राजनीतिक भूमिका भने छैन ।

नयाँ राजा आएसँगै नयाँ युगको सुरुवात हुने जापानी परम्परा रहिआएको छ । यो युगलाई रेइवा नाम दिइएको छ । (एजेन्सी)