
तनहुँ, असार १३ । पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५क ६४२७ नम्बरको यात्रुबाहक बस तनहुँको घाँसीकुवा–१ बेलबासमा पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।
सोमबार बिहान भएको उक्त दुर्घटनामा घाइते भएकाहरुको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
प्रहरीकाअनुसार तीव्रगतिमा गुडेको बस अनियन्त्रित भइ सडकछेउमा पल्टिएको थियो ।
बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्