
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्याली निकालेको छ ।
काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो ।
२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निकालिएको र्यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन् ।
महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको भन्दै त्यसका विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
पत्रकार महासंघले आजको दिन सात प्रदेश र सबै जिल्लाहरुमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे र्याली निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्