
काठमाडौं, असार १३ । प्राविधिक शिक्षाका लागि नेपाली कलेजहरु राम्रा भएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयले यही असार १७ गतेदेखि १९ गतेसम्म पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी एजुकेसन फेयरमा ६० ओटाभन्दा बढी कलेजहरुको सहभागिता रहने जानकरी दिइयो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सन्चालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजेमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर, भेटनरी जस्ता विषयकोबारेमा जानकारी दिने बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदन्डअनुरुपका कलेजहरु नेपालमा पनि रहेको सन्देश विद्यार्थी तथा अभिभावकहरुलाई दिने उद्देश्यले फेयर गर्न लागिएको पनि आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्