
काठमाडौं, असार १३ । सोमबार सुनको मूल्य सामान्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर ५८ हजार ७ सय रुपैयाँमा काराबोर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा ५ सयले कमी आएर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने तोलाको ८ सय १५ रुपैयाँमा नै स्थिर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्