Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पहिलो लेगमा आयाक्सद्धारा टोटनह्याम पराजित


0
Shares

काठमाडौं । इङ्गलिस फुटबल क्लब टोटनह्याम हट्सपर युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा पराजित भएको छ ।

टोटनह्यामलाई नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले १–० ले हराएको हो ।

गएराती टोटनह्यामको मैदानमा भएको खेलमा आयाक्सलाई विजयी गराउन भान डे विकले १५ औं मिनेटमा निर्णायक गोल गरे ।

च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राती इंग्लीश क्लब लिभरपुलले स्पेनिस जायन्ट बार्सिलोनासँग खेल्नेछ ।