
काठमाडौं, असार १४ । बजेटरी खर्च हुन नसकिरहेको विद्यमान अवस्थामा एकबाट अर्को शीर्षकमा बजेट रकमान्तर गर्ने क्रम भने ह्वात्तै बढेको छ ।
बजेटमा व्यवस्था नभए पनि सरकार निकटका र पहुँचवाला निकाय तथा कार्यक्रमका लागि अर्को क्षेत्रबाट रकम निकासा गरी वितरण गर्ने क्रम बढेको हो ।
अर्थमन्त्रालय उच्च स्रोतका अनुसार गएको जेठ महिनामा मात्रै झण्डै ४ अर्ब रुपैयाँभन्दा बढी रकम रकमान्तर भएको छ । यो रकम खासगरी नगरपालिका अनुदान, सिंचाइका कार्यक्रम विस्तार र मर्मतसम्भार, जंगी अड्डा लगायतका सरकार निकट र पहुँचवाला निकायमा बढी निकासा भएको छ ।
आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गर्ने प्रचलन पुरानै भए पनि पछिल्ला वर्षमा भने यो क्रम ह्वात्तै र अनियन्त्रित रुपमा बढेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्