
काठमाडौं, वैशाख १७ । निर्माण व्यवसायीहरुले नचिनेको नम्बरबाट बारम्बार फोन गरी ज्यान मार्नेसम्मको धम्की आइरहेको बताएका छन् ।
धम्की आएकोबारे सरकारलाई जानकारी गराएपनि वास्ता नगरेको भन्दै निर्माण व्यवसायी महासंघले दुःखेसो पनि व्यक्त गरेको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न सुरक्षाका निकायहरुलाई सुरक्षाका लागि आग्रह गर्दासमेत वास्ता नगरिएको बतायो ।
व्यवसायीहरुलाई फोनमार्फत् फिरौती माग्ने गरेको तथा ज्यान मार्नेसम्मको धम्की आएकाले आफूहरु त्रासमा बाँच्नुपरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष रवि सिंहले ज्यान मार्नेसम्मको धम्की आउँदासमेत सरकारलेसमेत वास्ता नगर्दा आफूहरुले असुरक्षित महसुस गर्नुपरिरहेको बताए ।
महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले केही व्यवसायीलाई आफूले पाएको आयोजनाको कुल रकममध्ये ३ प्रतिशत र अन्यलाई भने एक करोड ५० लाख रुपैयाँ माग्ने गरेको बताए ।
नेपाली निर्माण व्यवसायीहरुलाई सुरक्षाको कुनैपनि प्रत्याभूति हुन नसकेको उनको भनाइ छ ।
महासंघका करिब २५ जना व्यवसायीलाई बारम्बार फोन आइरहेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्