
नवीन कुइँकेल (इमेज)
लमजुङ, असार १४ । लमजुङमा यतिबेला सर्वत्र रोपाइँको चटारो सुरु भएको छ ।
यो वर्ष चाँडै वर्षा भएकाले असार १५ नहुँदै रोपाइँको चटारो बढेको हो । मौसमले साथ दिएपनि गोरु र खेताला नपाउँदा भने किसानहरु समस्यामा पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीका कारण गाउँघर युवाविहीन अवस्थामा रहेकाले खेती लगाउने समयमा निकै समस्या हुनेगरेको कृषकहरुले बताएका छन् ।
बेसीसहर, गाउँसहर, धमिलीकुवा, तार्कुघाटलगायतका स्थानका ठूला फाँटहरुमा धमाधम रोपाइँ चलिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङकाअनुसार हालसम्म १५ प्रतिशत धान रोपाइँ सकिएको छ । लमजुङमा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य रहेको छ ।
लमजुङमा गएको वर्ष ४० हजार ७ सय ७२ मेट्रिकटन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।
यस्तै, ९ सय १० हेक्टर क्षेत्रफलमा चैतेधान र घैयाधान लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्