
काठमाडौं, वैशाख १७ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको सेयरबजारमा मंगलबार भने गिरावट आयो । कारोबार पनि अर्ब तल रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ११ अंकले ऋणात्मक रही १२ सय ९८ अंकमा आएर थामियो ।
जलविद्युत् र वित्तबाहेक अरु सबै समूहमा गिरावट आयो ।
बिमा समूहहरुमा उच्च २०० अंकमाथि गिरावट आयो । होटल र लघुवित्त समूह पनि दोहोरो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका २९ लाख ६७ हजार कित्ता सेयर ९५ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्