
काठमाडौं, असार १४ । भद्रकालीको १२ वर्षे खड्गसिद्धि जात्रा मंगलबार सम्पन्न हुँदैछ ।
मंगलबार मध्यरातमा पचली भैरव, भद्रकाली, कुमारी, बाराहीलगायतका अष्टमातृका गणहरुको तान्त्रिक नृत्य जमलमा नचाइसकेपछि सबै देवगणहरुको मृत्यु भएको घोषणा गरी देवगणका मुकुन्डोलाई टेकुस्थित कालमोचनघाटमा लगेर अन्तिम संस्कार गर्ने गरिन्छ ।
कालमोचनघाटमा पचली भैरव हुने व्यक्तिले सबै मुकुन्डोको दाहसंस्कार गर्ने गर्दछन् ।
गत वर्ष विजयादशमीको दिन सुरु भएको खड्गसिद्धि जात्रा उपत्यकाका विभिन्न ठाउँमा नचाउने गरिन्छ ।
मंगलबारै कीर्तिपुरको १२ वर्षे भैरव तान्त्रिक नृत्य पनि सम्पन्न हुँदैछ ।
भद्रकालीको खड्गजात्रा जस्तै सो तान्त्रिक नृत्य पनि सम्पन्न गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्