
काठमाडौं, असार १४ । मंगलबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर १७ सय २४ को नयाँ उचाइ कायम गर्न सफल भयो ।
उतार–चढावबीच नेप्से ११ अंकले उकालो लागेर १७ सय २४ दशमलव एक नौ कायम भयो । कारोबार भएका सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा सुधार जारी रहेको हो ।
बीमा समूहमा सबैभन्दा उच्च ३७ अंकको बृद्धि आयो । जलविद्युत् समूह पनि ३२ अंकले बढ्यो । होटल समूहमा पनि १७ अंकको सुधार आयो । उत्पादनमूलक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले बढे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको ४९ लाख ५० हजार बराबर कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्