४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


जुनारका लागि ‘स्क्रिन हाउस’ निर्माण


0
Shares

सिन्धुली, असार १५ । जुनार खेतीको विस्तार र आधुनिकीकरण गर्न सिन्धुलीमा स्क्रिन हाउस निर्माण गरिएको छ ।

सरकारी तथा गैरसरकारी निकायको सहयोगमा रतनचुरा, खनियाखर्क, नयाँखर्क र तीनकन्याको माझ कुभिण्डेमा स्क्रिन हाउस निर्माण गरिएको हो ।

परम्परागत तरिकाले बेर्ना उत्पादन गरी बिक्री वितरण गर्दै आएका जुनार किसानले स्क्रिन हाउस तयार भएपछि त्यसैमा बिरुवा उत्पादन सुरु गरेका छन् ।

यसबाट जुनारमा लाग्ने किराको नियन्त्रण हुनुका साथै स्वस्थ्य विरुवाबाट फल समेत बढी फल्ने देखिएको छ ।

सिन्धुलीमा प्रतिवर्ष ४० हजारसम्म जुनारका विरुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।