१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


नुवाकोटमा पहिरोले घर पुर्दा दुई बालकको मृत्यु


0
Shares

नुवाकोट, असार १५ । नुवाकोटको बुङताङमा आज बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई आज बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । (रासस)